मेरो वालेट सेलपे वालेट

काठमाडाै । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. ले ग्राहकहरुको माग बमोजिम सेलपे सेवा अव वालेट मार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारको क्रममा ग्राहकहरुका लागि दोश्रो चरणको योजना शुरु गरेको छ ।

यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले वालेट लोड गर्दा १० प्रतिशत cashback (रु‍ ५०) सम्म र मोवाईल टपअपमा ४ प्रतिशत cashback तुरुन्तै पाउन सक्नेछन् । यो योजना यही असार १७ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म लागु हुनेछ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ ।

 बास्तविक समयमा भुक्तानी
 सरल र सुरक्षित
 बैंक खाताका साथै Wallet बाट पनि कारोबार गर्न सकिने

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, फोनपे नेटवर्कका करीव ४ लाख मर्चेण्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, P2P, P2B, B2P, B2B आदि वास्तविक समयमा गर्न सकिन्छ । साथै ग्राहकहरुले CellPay Kart सेवा मार्फत सजिलै घरमै बसी बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नुहुनेछ ।

यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका खाताका साथै Wallet Load बाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । साथै ग्राहकहरुले सेलपे बाट फण्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्ने छैन । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ । सेलपे एप्प डाउनलोड गरी Wallet Load का साथै आजै आफ्नो बैंक खाता लिंक गर्नुहोस् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

तिहारमा साढे १९ करोडको सुनचाँदीका सिक्का बिक्री

काठमाडौं । यस वर्षको तिहारमा नेपाल राष्ट्र बैंकले बबरमहलस्थित टक्सार विभागमार्फत् साढे १९ करोड रुपैयाँभन्दा बढी मूल्यका सुन र चाँदीका सिक्का बिक्री गरेको छ । यो बिक्री कात्तिक ११ देखि १४ गतेसम्म भएको थियो । कात्तिक १३ गते धनतेरसको दिन एक मात्र दिनका लागि मात्र सुनका सिक्का (असर्फी) बिक्री गरिएको थियो, जहाँ १६ करोड १६ लाख ५३ हजार २५ रुपैयाँ बराबरका ४ हजार ३ सय ८५ थान असर्फी बिक्री भएका थिए । प्रति थान असर्फीको मूल्य ३६ हजार ८ सय ६५ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहॊस