आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरापालिकाबिच सम्पूर्ण निर्जीवन बीमा सेवा सम्बन्धि सम्झौता

काठमाडाै । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिका बिच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ । साे सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाको तर्फबाट नगर प्रमुख  सुवर्ण श्रेष्ठले हस्ताक्षर गरे ।

उक्त सम्झौता पश्चात् शंखरापुर नगरपालिकामा रहेका सम्पूर्ण कृषक दाजु भाई तथा दिदी बहिनीहरुले पशुपन्छी तथा बालिनालीको बीमा ढुक्कसँग आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् भने नगरवासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिवद्धता सहित काठमाण्डौँ जिल्लामा नै नमूना नगरापालिकाको रुपमा आफूलाई स्थापित गरेको छ ।

सोही अवसरमा नगर प्रमुख सुवर्ण श्रेष्ठले आफूले आफ्ना नगरावासी कृषक दाजुभाई तथा दिदी बहिनीहरुको पशुपन्छी, बालिनालीको बीमा पश्चात कुनै कृषक दाजुभाई तथा दिदी बहिनीको बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले आफ्नाे सम्पत्तीको बीमा गरी ढुक्क भएर पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन पढाउन अनुरोध गरे। साथै यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले शंखरापुर नगरपालीकाले आफ्ना नगरवासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । आफ्ना नगरवासीहरुको सम्पत्तिको बीमा गराएर सुरक्षित बनाउन उत्प्रेरकको भुमिका निर्वाह गरी सराहनीय कार्य गरे वापत् नगर प्रमुख सुवर्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने लगायत नगरपालिकाको टिमलाई धन्यवाद दिँदै नगरवासीहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुने हुनाले ढुक्क भएर सेवा लिन कम्पनीले आव्हान गरेको वताएकाे छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री