एन आई सी एशिया बैंकको जिंगल प्रयोग गरी टिकटक भिडियो बनाउँदा उपहार जित्ने मौका

एन आई सी एशिया बैंक NIC Asia Bank Limited ले टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ । बैंकले टिकटक भिडियो बनाउनेहरूका लागि लक्षित गरेर टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ ।

बैंकका अनुसार २०७८ आषाढ ६ देखि श्रावण ५ सम्म सञ्चालन हुने यस प्रतियोगितामा यस बैंकको आधिकारिक टिकटक पेज @NICASIABankOfficial मा बैंकले डिजिटल बैंकिङ्ग प्रवद्र्धनार्थ तयार पारेको ‘MoBank गरौं’ थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिने बैंकले जनाएकाे छ ।

यस प्रतियोगितामा सहभागी भई प्रति भिडियो रू. १५ हजार बराबरको आकर्षक उपहारहरू जित्न सक्ने र एकजना सहभागीको एक भन्दा बढी भिडियोहरू छनौट भएमा रू. १५ हजारका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहारको व्यवस्था बैंकले गर्नेछ ।

सहभागी हुनको लागि निम्नलिखित नियमहरू रहेका छन् ।

क. सहभागीले बैंकको आधिकारिक टिकटक पेज @NICASIABankOfficial फलो गर्नुपर्नेछ ।

ख. सहभागीले आफुले बनाएको भिडियो आफ्नो टिकटक पेजमा ५ जना साथीहरूलाई ट्याग एवं @NICASIABankOfficial, #nicasiabank, #mobankgarau समेत उल्लेख गरेर सार्वजनिक रुपमा शेयर गर्नुपर्नेछ ।

ग. माथि उल्लेखित प्रकृया पूरा गरेपश्चात् अपलोड भएका ६ वटा थिमका भिडियोहरूमध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक÷एक वटा भिडियो विजयी हुनेछन् ।

घ. विजेता बन्न योग्य हुनका लागि कुनै पनि भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ ।

ङ. यसरी सहभागीले बनाएका भिडियोहरूलाई बैंकले आफ्नो प्रयोजनको लागि कुनै पनि समयमा प्रयोग गर्न सक्नेछ ।

बेंकले जारी विज्ञप्तिमा उल्लेख गरेकाे छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री