डाेटी । जिल्लामा कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि गत वैशाखबाट शुरु गरिएको निषेधाज्ञाको अवधि असार २० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञाको अवधि थप गरेको हाे ।
थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, निर्माण सामग्रीका पसल बिहान ७ बजेदेखि ११ बजेसम्म खोल्न पाइने केन्द्रले जनाएको छ । जिल्लामा कोरोनाका सक्रिए सङ्मितको सङ्ख्या एक हजार ३ सय पुगेको छ । कोरोनाकै कारण जिल्लामा हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन् ।
तपाईंको प्रतिकृया




