सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्ने

काठमाडाै । असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यबस्था अनुसार आज सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ का लागि बजेट ल्याउने भएका छन्। नेकपा एमाले नेतृत्वका ३, माओवादी केन्द्रका २ र कांग्रेस र जसपा नेतृत्वका एक एक प्रदेश सरकारले मंगलवार बजेटको तयारी गरेका छन् ।

सरकार फेरबदलका कारण नीति तथा कार्यक्रम ल्याउन ढिला गरेको गण्डकी प्रदेश सरकारले अपरान्ह ४ बजे बजेट पेश गर्दैछ । प्रदेश प्रमुख सीता पौडेलले सोमवार प्रदेश सभामा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारले बजेट ल्याउने भएकाे छ । पार्टी भित्रको विवादका बावजुद यी प्रदेशमा नीति तथा कार्यक्रम पारित भएका छन् ।

माओवादीको नेतृत्वकाे कर्णाली र सुदूरपश्चिम सरकारले पनि मंगलवार बजेटको तयारी गरेका छन् । नेकपा एमालेले कर्णाली सरकारलाई बजेटमा समेट्ने १९ बुँदे सुझाव दिएको थियो । लुम्बिनीमा ३८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी भएको छ । दिउसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीले बजेट पेश गर्ने भएका छन् । जेठ १५ मा संघ र असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक रहेकाे व्यबस्था छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप