चर्चित भारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिडबाट निधन

एजेन्सी । भारतीय टिभी पत्रकार रोहित सरदानाको कोभिड १९ सङ्क्रमणबाट निधन भएको छ । आजतकमा आबद्ध रहेका पत्रकार सरदानालाई अप्रिल २४ मा सङ्क्रमण पुष्टि भएको थियो । भारतीय टिभी पत्रकारले सरदानालाई हृदयघात भएको ट्विट मार्फत बताएका छन्।

उनले आफ्नो परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका थिए । तथापि सीटी स्क्यानबाट उनको फोक्सोमा भने कोभिड १९ले क्षति गरेको पाइएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप