स्याङ्जा । अठार वर्षपछि राष्ट्रिय वाणिज्य बैंकको शाखा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा स्थापना गरिएको छ ।
२०३९ सालमा स्थापना भएको उक्त बैंक २०५६ सालमा द्वन्द्वका समयमा त्यहाँबाट विस्थापित भई स्याङ्जा सदरमुकाम आएको थियो । १९० औँ शाखाका रुपमा बैंकको शनिबार सरकारका सूचना तथा सञ्चार प्रविधि सचिव महेन्द्रमान गुरुङले उद्घाटन गरेका हुन् ।
सो अवसरमा सचिव गुरुङले बैंकले प्रदान गर्ने सेवा सुविधालाई अझै प्रभावकारी ढंगबाट अगाडि बढाउँदै सेवाग्राहीको मन जित्दै जानुपर्ने बताए ।
प्रतिकृया दिनुहॊस