काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको बुढानिलकण्ठको मण्डिखटारमा शाखा स्थापना गरेको छ ।बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले उक्त शाखा उद्घाटन गरेका छन् । बैंकले कपन क्षेत्रमा एक्सटेन्सन् काउन्टर पनि सुचारु गरेको छ । बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा बसोवास गर्ने ग्राहकलाई सेवा पुर्याउने उद्देश्य बैंकले राखेको छ ।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखा र ३ वटा एक्सटेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
तपाईंको प्रतिकृया




