वित्तिय साक्षरता कार्यक्रम सम्पन्न, विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप रु ७५,०००।

काठमाडौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ।बैंकका बाँसगढी शाखाले बाँसगढी नगरपालिका वडा नं २ राझाँ, बर्दियास्थित नव दुर्गा तरकारी तथा बिउ उत्पादन बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
आयोजित वित्तिय साक्षरता कार्यक्रममा ८० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बाँसगढी शाखाका प्रबन्धक दिपेन्द्र बोहराले सहभागीहरुलाई वित्तिय साक्षरता सम्बन्धी जानकारी गराएका थिए ।
त्यस्तैगरी बैंकको मंगलसेन शाखाले मंगला नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयका आर्थिक स्थिति कमजोर भएका र अध्ययनशील ५ विद्यार्थीहरुलाई रु. २५,०००/– को चेक प्रदान गरेको छ ।
यस्तै बैंकको बेलौरी शाखाले कल्याण माध्यमिक विद्यालय बेलौरी न.पा. ७ पौलाहा कञ्चनपुरका कक्षा ५, ६, ७, ८ र ९ का गरी १० जना विद्यार्थीहरुलाई रु. २५,०००/– को चेक प्रदान गरेको छ भने सोही बैकका बसुन्धारा शाखाले तिलिङ्गाटार उच्च माध्यमिक विद्यालय, धापासीका २ विद्यार्थीहरुलाई रु. २५,०००/– को चेक छात्रवृत्ति स्वरुप प्रदान गरेको छ ।
महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा यस्तैगरी सशक्त रुपमा सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु अगाडी बढाउँदै लैजाने प्रतिबद्घता समेत जनाएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री