काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’लाई काठमाडौंको गौरीघाटबाट प्रहरीले पक्राउ गरेको छानविन समितिले जनाएको छ । गोरे ३ दिन अघि भारतबाट काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् ।

गोरे उपनामले चिनिने उप्रेतीको घर मोरङको उर्लाबारी हो । प्रहरी उच्च अधिकारीसँगको मिलेमतोमा उनले सुन तस्करी गर्दै आएका थिए । साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न बनेको सरकारी टोलीले ‘गोरे समूहले पछिल्लो चार वर्षमा मात्र झन्डै ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको छ ।’
तपाईंको प्रतिकृया



