काठमाडौं ।साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् । उनी पक्राउ परेकाे सुन तस्करी प्रकरणकाे अनुसन्धान गर्न गठित छानबिन समितिका एक उच्च अधिकारीले पुष्टि गरेका छन् । तर ,उनलार्इ कहाँबाट पक्राउ गरिएको हो भन्ने खुलाइएको छैन । उनलार्इ सार्वजनिक गर्न दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन अायोजना गरिएको छ ।

तपाईंको प्रतिकृया



