नेपालगन्जमा अत्यधिक चिसो

नेपालगन्ज । नेपालगन्जमा अत्यधिक जाडो भएको छ। तीन वर्षपछि सबैभन्दा कम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागको नेपालगन्जले जानकारी दिएकाे छ। सन् २०१९ को ३१ डिसेम्बरमा ३.५ डिग्री सेल्सियस, २०२० को ३१ डिसेम्बरमा ४.१ डिग्री सेल्सियस थियो।

आज बिहानैदेखि नेपालगन्जमा घाम लागेको छैन। नेपालगन्ज उपमहानगरपालिकाले अत्यधिक जाडो बढेको भन्दै विद्यालयमा कम्तीमा तीन दिन जाडो बिदा दिन विद्यालयलाई परिपत्र समेत गरेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री