गरिमा विकास बैंकले सार्वजनिक गर्यो दुई कर्जा योजना

काठमाडौं । गरिमा विकास बैंकले आफ्नो कर्जा प्रवाह रणनीतिलाई  प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजनिक गरेको छ । बैंकले नयाँ कर्जा सुविधाहरु अन्तर्गत ‘गरिमा इजी एसएमई लोन’ र ‘गरिमा इजी होम लोन’ सार्वजानिक गरेको हो ।

दुबै कर्जा सुविधाहरु ८.८८ प्रतिशत ब्याजदरमा उपलब्ध भएको तथा धितो मुल्याङ्कनको शतप्रतिशत ‘गरिमा इजी एसएमई लोन’ मा लगानी गर्न सकिने छ । कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशतसम्म ‘गरिमा इजी होम लोन’ मा कर्जा प्रवाह गर्न सकिने बैंकले जनाएकाेछ । साथै, अन्य बैंक तथा वित्तीय संस्थाबाट निःशुल्क कर्जा सार्न सकिने र दुबै कर्जाको सेवा शुल्कमा पनि ५० प्रतिशतसम्म छुट सुबिधा पाउन सकिने बै‌ककाे जारी विज्ञप्तीमा उल्लेख छ ।

गरिमा विकास बैंकले १०६ शाखा कार्यालय र ५१ एटीएमबाट आफ्ना ग्राहकलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिँदै आईरहेको जनाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री