‘चिसो मान्छे’का लागि बाजुराको भाषा सिक्दैछिन् स्वस्तिमा

काठमाडाै । नायिका स्वस्तिमा खड्का ‘पल्पसा क्याफे’ उपन्यासमा आधारित रहेर मञ्चन हुन लागेको नाटक ‘पल्पसा’मा अभिनय गर्ने भएकी छिन् । यो नाटक मञ्चन हुनु भन्दा अगाडि चलचित्र ‘चिसो मान्छे’को छायांकनमा उनी व्यस्त हुने भएकी छिन् ।

यो चलचित्रमा स्वस्तिमा खड्का तथा अर्पण थापाको मुख्य भूमिका रहनेछ । दीपेन्द्र के खनालको निर्देशनमा बन्दै गरेकाे चलचित्रले बैदेशिक रोजगारमा पुगेर ज्यान गुमाउने नेपालीको कथा वताउनेछ । यो चलचित्रको अहिले वर्कशप चलिरहेको छ । नायिका स्वस्तिमा खड्काले यो चलचित्रका लाग बाजुराको भाषा सिक्दैछिन् ।

शर्मिला पाण्डेको निर्माणमा तयार हुने चलचित्रको छायांकन फागुनको दोश्रो साताबाट सुरु हुनेछ । निर्देशक खनालका अनुसार भाषाको वर्कशप सकिएपछि चलचित्रका लागि अभिनयको वर्कशप सुरु हुने वताइएकाे छ। यसका लागि भने लोकेशनमै गएर वर्कशप गर्ने तयारी रहेकाे छ । याे चलचित्रलाई आउँदो बर्षको तीजमा रिलिज गर्ने तयारी निर्माताको छ । यो चलचित्रका लागि नायिका खड्काले १८ लाख पारिश्रमिक लिएकाे हल्ला छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री