काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमार्फत सबै सरकारी कर र राजस्व भुक्तानी गर्न सक्ने कम्पनीले जानकारी दिएकाे छ । खल्तीले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा मोवाइल एपबाटै राजस्व तिर्ने ब्यवस्थापन गरेकाे वताएकाे छ ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा भएको सम्झौतामा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले र खल्तीका अमित अग्रवालले हस्ताक्षर गरेका छन् । सम्झौतापछि करदाताले खल्ती मोवाइल वालेटबाट आन्तरिक राजस्व विभाग अन्तर्गतका सबै राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय करलगायतका सबै प्रकारका सेवा शुल्क सहजै रकम भुक्तानी गर्न सक्नेछन् । राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने अरू कर तथा राजस्व पनि खल्तीबाटै भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएकाे छ ।
तपाईंको प्रतिकृया




