गर्भवती करिनाको योगा, यस्ता तस्वीर खिचेकाे भन्दै तारिफ र गालीकाे वर्षा

एजेन्सी । बलिउड नायिका करिना कपुर खान दोश्रो पटक आमा बन्दैछिन् । नायक सैफअली खानसँग बिहे गरेपछि करिनाले पहिलो सन्तानको रुपमा तैमुरलाई जन्म दिइन् । करिनाले गर्भवती भएपछि विज्ञापनमा सक्रिय थिइन् । सपिङ गर्दै गरेको फाेटाेहरु सामाजिक स‌जालमा आएका थिए ।

करिनाले सामाजिक संजाल इन्स्टाग्रामबाट गर्भवती अवस्थाकाे योगा गर्दै गरेको तस्वीर सार्वजनिक गरेकी छिन् । बेबी बम्प सहित करिनाले तस्वीर सार्वजनिक गर्दै योगाले मनलाई शान्त वताएकी छिन् । करिनाले सार्वजनिक गरेको तस्वीर सामाजिक संजालमा चर्चित छ ।

पहिलो सन्तानलाई जन्म दिएको केही समयमा नै फिट देखिएकी करिनाले बेबी बम्प सहित योगा गरेको तस्वीर सार्वजनिक गर्दा उनी सन्तुष्ट रहेकाे बुझ्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री