एजेन्सी । भारतको उत्तरी क्षेत्रमा धुले आँधीका कारण ज्यान गुमाउनेको संख्या १२५ भन्दा बढी पुगेकाे छ । बुधबार राति आएको धुले आँधीका कारण ज्यान गुमाउनेको संख्या १२५ भन्दा बढी पुगेको र फेरि अर्को धुले आँधी आउने सम्भावना रहेको सरकारी अधिकारीले चेतावनी दिएका छन् । धुले आँधीका कारण दुई सय भन्दा बढी घाइते समेत भएका छन् । धुले आँधीका कारण उत्तर प्रदेश तथा राजस्थानका केही जिल्ला प्रभावित समेत भएका छन् ।
ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीको भनाई छ । यो हप्ताभरी अझै ठूलो आँधी आउन सक्ने भारतको मौसम विभागले जनाएको छ ।
तपाईंको प्रतिकृया



