काठमाडौं । सरकारले काठमाडौं उपत्यका नजिकै त्रिभुवन विमानस्थलको बैकल्पिक विमानस्थल बनाउनको लागि अध्ययन गर्न प्राविधिक अध्ययन सुझाव समूह गठन गरेको छ ।
हिजो काभ्रेमा आन्तरिक विमानस्थल बनाउनको लागि भनेर ३ वटा ठाउँको प्रत्यक्ष अवलोकन गरेको थियो ।
अवलोकन गरिएकामध्ये धुलिखेलको ठूलीचौर र चिसापानी तथा बनेपाको नागीडाँडामध्ये कहाँ विमानस्थल बनाउन उपयुक्त हुन्छ भन्ने निष्कर्षसहितको प्रतिवेदन १५ दिनभित्र बुझाउने गरी ६ सदस्यीय प्राविधिक अध्ययन सुझाव समूह गठन गरिएको छ ।
मन्त्रालयले यसअघि नै गठन गरेको विज्ञ समूहका सदस्य कमलकुमार केसीको संयोजकत्वमा बनाइएको समूहमा नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास बोछिभोया र बाबुराम पौडेल, उपनिर्देशक सुवर्ण उपाध्याय र सिताराम भण्डारी तथा इन्जिनियर नलविक्रम थापा रहेका छन् ।
त्रिभुवन विमानस्थलमा आन्तरिक हवाई चापलाई घटाएर अन्तर्राष्ट्रिय उडानमा वृद्धि गर्नका लागि सरकारले विकल्प खोजी गरिरहेको थियो ।
प्रतिकृया दिनुहॊस