काठमाडौं । माछापुच्छ्रे बैंकको साधारणसभा पुस २ गते हुने भएको छ । उक्त साधारणसभामा ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पेश गरिने बैकले जनाएकाे छ । साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् । साधारण सभाको लागि भन्दै बैंकले असोज २२ गते बुक क्लोज गरिसकेको छ ।
बैंककाे कात्तिक ६ गते साधारणसभा गर्ने भएको थियो । कोरोनाका कारण साधारण सभा राेकिएकाे थियाे । आउँदाे पुस २ गते बिहान ११ बजे पोखरा स्थित होटल पोखरा ग्राण्ड पार्दि कास्कीमा हुँदैछ । साे साधारणसभा भर्चुअल रुपमा जुममा हुने भएको छ ।
प्रतिकृया दिनुहॊस