शिखर इन्स्योरेन्सको नाफा अलिकति बढ्यो

‍काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आवकाे पहिलो त्रैमासमा १२ करोड २३ लाख २ हजार रुपैयाँ नाफा कमाएको छ ।

याे गत आवको सोही अवधिको तुलनामा ०.७३ प्रतिशतले बढी हो । गत आवको यहि अवधिमा इन्स्योरेन्सको नाफा १२ करोड १४ लाख १५ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीले यो समयमा ४३ करोड ४० लाख ३८ हजार रुपैयाँमा खुद बीमा शुल्क आर्जन गरेको छ । जुन गत आवको पहिलो त्रैमासको तुलनामा भने कमी हो । गत आवको सोही अवधिमा इन्स्यारेन्सको खुद बीमा शुल्क आर्जन ४५ करोड ८३ लाख ३५ हजार रुपैयाँ रहेको थियो । तीन महिनामा कम्पनीको बीमा कोषको आकार १ अर्ब ११ करोड ८४ लाख ६२ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ थियो ।

१ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८ सय रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा भने ८९ करोड ७४ लाख ८७ हजार रूपैयाँ रहेको छ । ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वैशाख २२ गते शनिबार काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टिङ …

प्रतिकृया दिनुहॊस