आइएमई जनरल इन्स्योरेन्स र मौरीपालन केन्द्रीय सहकारी बिच मौरी बीमा गर्ने सम्झौता

काठमाडौं ।आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहारी संघ लिमिटेडमा आवद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक शरण रेग्मी र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष अर्जुन प्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसंग आवद्ध सबै मौरीपालक कृषकहरुको मौरीको बीमा हुनेछ ।

सो अवसरमा इन्स्योरेन्सका नायव महाप्रबन्धक शरण रेग्मीले बीमा बजारमा मौरीको बीमा गर्ने बीमालेख भएतापनि आजसम्म खासै मौरीपालक कृषकहरुले मौरीहरुको बीमा गराईनसकेकोे बताए । उनले संघसँग भएको सम्झौतासँगै मौरीपालक किसानले थोरै बीमा शुल्कबाट आफना मौरीको बीमा गरी ढुक्कसंग आफनो व्यावसायलाई विस्तार गर्न उत्साह पुग्ने विश्वास व्यक्त गरे ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री