विमानस्थल सुधार योजनाः दैनिक २१ घन्टा उडान, एक घन्टामै लगेज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल सुधारको योजना अघि सारेका छन् ।

अधिकारीले शुक्रबार १०० दिने कार्ययोजना अघि सारेका छन्, जसमा विमानस्थल सुधारलाई प्राथमिकतामा राखिएको छ । उनले एयर ट्राफिकमा देखिएको समस्या समाधान गरी विमानस्थललाई २१ घन्टा सञ्चालन गराउने बताएका छन् ।

 

त्रिभुवन विमानस्थलमा देखिएको अर्को समस्या लगेजका लागि घन्टौंसम्म कुर्नुपर्ने हो । पर्यटनमन्त्री अधिकारीले १०० दिनभित्र अन्तर्राष्ट्रिय उडानबाट आएका यात्रुहरुले एक घन्टाभित्र आफ्नो लगेज पाउने व्यवस्था मिलाउने बताएका छन् ।

अन्तर्राष्ट्रिय टर्मिनलमा सेन्ट्रल एसी सिस्टम र डोमेस्टिकमा एसीको व्यवस्था गर्ने उनले बताए ।

पर्यटनमन्त्री अधिकारीले आन्तरिक उडानलाई सार्न काभ्रेको ठूलीचौरका साथै बिभिन्न स्थानमा सम्भाव्यता अध्ययन सुरु गर्ने योजना पनि अघि सारेका छन् ।

 

अनलाइनखबर

तपाईंको प्रतिकृया

लेखकबाट थप