काठमाडौं । प्रभु बैंकले बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा शाखा कार्यालय विहीबारदेखि सञ्चालनमा ल्याएको छ ।
बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं. ५ स्थित बैंकको वडिगाड शाखा वडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाबाट एक समारोहका बीच उद्घाटन गरिएको हो ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा बागलुङ जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
बडिगाड शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।




