कुश्मामा पहिरो : मृत्यु हुनेको संख्या ५ पुग्यो [अपडेट]

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका-३ मा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला प्रहरीका कार्यालयका अनुसार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

शनिवार राति करिब साढे ८ बजे आएको पहिरोले दुई घर बताएको थियो भने ९ जना बेपत्ता भएका थिए । तीमध्ये तीनजनाको शव राति नै पुरिएको अवस्थामा फेला परेको थियो । मृतकहरु तुलबहादुर थापा, उनकी श्रीमती निमकुमारी थापा र नातिनी बिविसा थापा रहेको पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए ।

उनका अनुसार बिहान फेला परेको दुईजनाको पहिचान हुन सकेको छैन । पहिरोमा बेपत्ता अन्य चार जनाको खोजीकार्य बिहानैदेखि जारी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री