नेपालमा थप २७९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुग्यो

काठमाडौं । नेपालमा आज थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थप २७९  जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ३ सय ६४ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १५ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ६७४ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री