कोरोना भाइरस : विश्वभर मृत्यु हुनेको संख्या ४ लाख ६ हजार १ सय ७ पुग्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ४ लाख ६ हजार १ सय ७  जना पुगेको छ भने ७० लाख ८६ हजार ८ जना सङ्क्रमित रहेका छन् ।

त्यसैगरि ३४ लाख ५९ हजार ९ सय ७२जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,ब्राजिल र इटली छ ।

अमेरिकामा हालसम्म १ लाख १२ हजार ४ सय ६९ जनाको, बेलायतमा ४० हजार ५  सय ४२ जनाको , ब्राजिलमा ३७ हजार ३ सय १२ जना र इटालीमा ३३ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ ।

त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म २ लाख ५७ हजार ४  सय ४६ जना जना पुगेको छ भने मृत्यु हुनेको सख्या ७ हजार २ सय ७ जना पुगेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ हजार ४ सय ४८ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री