काठमाडौं । नेपालमा पश्चिमी वायु, अरब सागरमा रहेको ‘निसर्ग चक्रवात’(Cyclonic Storm ‘NISARGA’) को आंशिक प्रभाव रहेको छ।
जेठ २१ गते (बुधबार)
दिउँसोः प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा सु.प. प्रदेशका भू-भागहरूमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आशिंक बदलि रहनेछ।
प्रदेश १, बागमति प्रदेश , गण्डकी प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश ७ का थोरै स्थानहरूमा मेघगर्जन,चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देश भरि सामान्य बदली रहनेछ ।देशका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।
जेठ २२ गते (विहीबार)
दिउँसोः सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। सु.प. प्रदेश , कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५का केही स्थान र बाकी प्रदेशका भू-भागमा एक-दुई स्थानहरुमा मेघगर्जन,चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थान र बाकी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन,चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
जेठ २३ गते (शुक्रबार)
दिउँसोः सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदलि रहनेछ। सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५का केही स्थान र बाँकी प्रदेशका भू-भागमा थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ मा पूर्ण बदली रहि बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।




