काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ३ लाख ७४ हजार ४ सय ५१ जना पुगेको छ भने ६२ लाख ९६ हजार १ सय ८० जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि २८ लाख ६४ हजार ९सय ११ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र ब्राजिल छ ।
अमेरिकामा हालसम्म १ लाख ६ हजार २ सय ४१ जनाको, बेलायतमा ३८हजार ४ सय ८९ जनाको , इटालीमा ३३ हजार ४ सय १५ जनाको र ब्राजिलमा २९ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म १ लाख ९१ हजार ६ सय ५जना कोरोना सङ्क्रमित छन् भने ५ हजार ४ सय १५ जनाको मृत्यु भएको छ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ हजार ८ सय११ जना पुगेको छ भने नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । हालसम्म २ सय २१ जना निको भएका छन्




