कुमारी बैंकको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । कुमारी बैंक लिमिटेडको संचालक समितिका अध्यक्ष आमिर प्रताप राणाको अध्यक्षतामा आज बैंकको नक्साल प्राङ्गणमा विशेष साधारण सभा सम्पन्न भएको छ।

सो साधारण सभामाकुमारी बैंक लिमिटेडद्वारासाविकको देवःविकास बैंकको प्राप्तिको प्रस्तावपारित भएको छ ।

कुमारी बैंकका संचालक समितिका सदस्यहरू, प्रमुखकार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरुका माझ एकसमारोह बीच साविकको देवःविकास बैंक लिमिटेडकोप्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन सम्पन्नभएको छ।
उक्त प्राप्ति पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोडभन्दा बढीहुनेछ।

साथै, निक्षेप १२० अर्ब तथाकर्जा लगानी १०५ अर्ब र शाखा संजाल भने २०९ हुनेछ। यस विशेष साधारण सभामार्फतप्राप्तिपश्चात्कुमारी बैंकको प्रति १ कित्ता शेयर बराबर देवःविकास बैंकको ०.८६कित्ता शेयर अनुपातमा शेयर मूल्यकायमहुने गरी स्वाप रेसियो स्वीकृतभएको छ।

यस कोभिड–१९ काकारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू सबै अवलम्बनगरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुममार्फत शेयर धनीहरुको मन्तव्य, सुझाव लिएको थियो ।

यस विषम परिस्थितिमाडिजिटल प्लाटफमर्मा उल्लेखनीय सहभागिताका लागीशेयरधनीहरुलाई सम्पूर्ण बैंकको संचालक समितिकासम्पूर्ण सदस्यहरुले धन्यवाद व्यक्त गरे  ।
बैंकको आन्तरिक वित्तिय, मानवश्रोत, प्राविधिकएवं अन्यक्षमता अभिवृिद्ध हुनुका साथै राष्ट्रिय बैंकिंग तथा वित्तिय प्रणालीको सम्बर्धन भई सो प्रति सर्वसाधारणको विश्वसनीयतामाअ भिवृिद्ध पुग्नेमा बैंक विश्वस्त छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक र एनसीएचएल Alipay+ बिच मार्फत NEPALPAY QR मा अन्तर्देशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौँ । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड बिच बैंकले दर्ता गरेका NEPALPAY मर्चेन्टहरुको …

प्रतिकृया दिनुहॊस