काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार २ सय २५ जना पुगेको छ भने ५६ लाख८४ हजार ७ सय ९५ जना सङ्क्रमित रहेका छन् ।
त्यसैगरि २४ लाख ३० हजार ५ सय ९३ जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , बेलायत ,इटली र फ्रान्स छ ।
अमेरिकामा हालसम्म १ लाख ५ सय ७२ जनाको, बेलायतमा ३७ हजार ४८ जनाको , इटालीमा ३२ हजार ९ सय ५५ जनाको र फ्रान्समा २८ हजार ५ सय ३० जनाको मृत्यु भएको छ ।
त्यसैगरि, छिमिकी मुलुक भारतमा हालसम्म १ लाख ५० हजार ७ सय ९३ जना कोरोना सङ्क्रमित छन् भने ४ हजार ३ सय ४४ जनाको मृत्यु भएको छ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७ सय ७२ पुगेको छन् भने ४ जनाको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ।
तपाईंको प्रतिकृया




