काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा वाम गठबन्धनकी संयुक्त उम्मेदवार शशिकला दाहाल निर्वाचित भएकी छन् । दाहाल ४५ मतका साथ विजयी भएकी हुन् ।
उनी माओवादी तर्फबाट प्रदेश २ प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् । दाहालले प्रतिद्वन्दी नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत मात्रै पाइन् । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ सदस्यले मत प्रकट गरेका थिए ।

तपाईंको प्रतिकृया




