सिटिजन्स बैंकद्वाराकोरोना रोकथामका लागि बढैयातालगाउँपालिकालाई रु १लाखको सहयोग प्रदान

काठमाडौं । कोरोना भाइरसको रोकथामका लागि बढैयाताल गाउँपालिकाले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोष’मासिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलेरु रु १लाख सहयोग गरेको छ ।

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेलाबैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गतबैंकले कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो ।

यस अघि पनिकोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले कोरोना भाइरसको रोकथामकालागिसरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोष’मा रु ४९लाख सहयोग गरेको थियो ।

यस विपतको घडीमाबैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा निम्न आय भएका नेपालीहरुको दैनिक अत्यावस्यक  सामाग्रीहरु प्रदान गर्न टेवापुग्ने विश्वास बैंकले लिएको छ।

महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकले जनाएको छ  । यस किसिमको सहयोगले कोरोना भाइरसबाट प्रभावितहरुको दुःखको घाउमा मलमलगाउन टेवापुग्ने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटी लगायतका सेवाहरु प्रदानगर्दै आएको छ ।

बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिनबैंकिङ्ग सेवादिँदै आएको छ । कोभिड–१९ ले  महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथामतथा नियन्त्रणको प्रयासलाई टेवापुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।

साथै यस बैंकको ए.टि.एमकुनै पनि बैंकको ए.टि.एममाप्रयोग गर्दा शुल्कनलाग्ने व्यवस्था गरेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री