एनसेलको नयाँ डाटा योजना

काठमाडौं ।  एनसेल प्राईभेट लिमिटेडले नयाँ डेटा बोनस योजना सार्वजनिक गरेको छ, जस अन्तर्गत मेन ब्यालेन्स अर्थात पे एज यु गोबाट चलाउँदा लाग्ने रु २ प्रति एमबी दर ८० प्रतिशतसम्म घट्दछ ।

मेन ब्यालेन्सबाटै डेटा सेवा प्रयोग गर्ने र अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई लक्षित यो अफर  फागुन २५ बाट संचालनमा आएको छ ।

यो अफरमा डेटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डेटा सेवाको शुल्क थप घट्दै जाने कम्पनीले जनाएको छ ।

यसैगरी ३० रुपैयाँ ब्यालेन्स खर्च गर्दा ५७ एमबीसहित कुल करिब ६९ एमबी डेटा पाउनेछन् । यदि ग्राहकले मेन ब्यालेन्सको १०० डेटामा खर्च गर्दछन् भने मेन ब्यालेन्सबाट पाइने ३९.१६ एमबी र बोनस १९७ एमबी सहित कुल २३६ एमबी डेटा पाउनेछन् ।

यो अफर आइतबारदेखि शनिबारको साप्ताहिक चक्रमा सञ्चालन हुनेछ । ग्राहकलाई मेन ब्यालेन्सबाटै पनि सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित योजना ल्याएको कम्पनीले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको …

प्रतिकृया दिनुहॊस