राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबीच सहकार्य

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सामाजिक सुरक्षा कोषबीच खाता सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ ।

बैंककातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र कोषका तर्फबाट कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले खाता सञ्चालनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै सामाजिक सुरक्षा कोषको विभिन्न सुरक्षा योजनामा आबद्ध रोजगारदाताले विभिन्न योजनाअन्तर्गत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गर्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप