काठमाडौं । सवारी–साधनमा अंग्रेजीमा इम्बोस्ड नम्बरप्लेट वितरणकार्य तत्काल रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
पर्यटन व्यवसायी भरत वस्नेतद्धारा परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले इम्बोस्ड नम्बर वितरणमा रोक लगाएको हो ।
संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख भएको र यातायातसम्बन्धी ऐन–नियममा पनि नेपालीमै नम्बरप्लेट वितरण हुने व्यवस्था रहेको आदेशमा उल्लेख छ । इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको प्रयोग गर्नुपर्ने मागमाथि छलफल गरिने भएको छ ।

तपाईंको प्रतिकृया



