नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा

काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक सार्वजनिक गरेको छ।

अघिल्लो दई वर्षको तुलनामा नेपालले दुई अंक बढी प्राप्त गर्दै ९ स्थानमाथि  उक्लिँदै नेपाल ३१ अंकसहित १२२ औं स्थानमा देखिन्छ । गत वर्ष नेपाल १३१ औं स्थानमा थियो ।

१ सय ८० वटा देश समेटिएको उक्त प्रतिवेदनले विश्वभर भ्रष्ट्राचार नियन्त्रणका लागि एकदमै न्यून स्तरमा कदम चाल्ने गरिएको भन्दै चिन्ता जनाएको छ ।

सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा न्यूजील्याण्ड पहिलो र डेनमार्क दोस्रो स्थानमा छन् । उनीहरुले पाएको नम्बर क्रमशः ८९ र ८८ छ । चीन ४१ नम्बरसहित ७७ औं स्थानमा छ ।

दक्षिण एशियाका देशहरुमध्ये अफगानिस्तान पुछारबाट चौथो स्थानमा छ । जम्मा १५ अंक पाएको अफगानिस्तान १७७ औं स्थानमा छ । यसैगरी बंगलादेश १४६ औं, पाकिस्तान १२३ औं, माल्दिभ्स ११८ औं, श्रीलंका ९७ औं, भारत ८५ औं र भुटान २९ औं स्थानमा छन् ।

एमनेस्टीले सार्वजनिक गरेको सन् २०१७ को प्रतिवेदनअनुसार विश्वका दुई तिहाइ देशहरुले ५० भन्दा कम अंक पाएका छन् । यसबाट विश्वभर भ्रष्टाचार नियन्त्रणका लागि कम प्रयास भएको थाहा हुने प्रतिवेदनमा उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री