काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारस्थित सरकारी निवास छाड्दैछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेपछि देउवाले सरकारी निवास छाड्न लागेका हुन् ।
उनी बालुवाटारबाट बूढानीलकण्ठस्थित निजी निवास जानेछन ।‘देशले नयाँ प्रधानमन्त्री पाइसकेकाले आज बिहान बालुवाटार छोडेर उहाँ बूढानीलकण्ठस्थित निजी निवासमा जानुहुन्छ,’ देउवाका प्रेस संयोजक गोविन्द परियारले भने ।
तपाईंको प्रतिकृया




