काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले सांस्कृतिक सम्पदाको विरासत रहेको बन्दिपुरमा आन्तरिक पर्यटन प्रवर्धन गर्न रेष्टुरेण्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान)ले माघ १७ र १८ गते रेबान बन्दिपुर फेष्ट २०२० आयोजना गर्ने भएको छ ।
सो कार्यक्रम रेवानका महासचिव कोषाध्यक्ष नरेशध्वज श्रेष्ठ र विप्पन भट्टको संयुक्त संयोजकत्वमा हुन लागेको हो । कार्यक्रमका संयोजक श्रेष्ठले आफूले विगत २ दशक देखि नेपाली र विविध जातजाती लगाएत विषेश नेवारी खानाका परिकारहरुमा सगालेको अनुभवलाई र जर्मन,अष्ट्रिया र इटालि लगाएत विभिन्न मुलुकमा भएको खाना महोत्सवमा पाएको उत्कृष्ट सम्मानको कदर गर्दै महोत्सवमा नेपाली विभिन्न जातजातीका विविध परिकारका खानाहरु रेवान पोखरा र सौराहा संगै केन्द्रको प्रवर्धनमा खाना महोत्सव समेत हुने जानकारी गराउनु भएको छ । साथै नेपाल आइडलमा गत वर्षका फाइनलिष्ट तथा चर्चित गायकहरु निशान भट्टराई, योजना पुरी, मनिषा पोखरेललगायत अन्य कलाकारको विशेष प्रस्तुती समेत नेपाली सास्कृतीक कार्यक्रम मजा लीन पाइने छ ।
गोर्खा ब्रुअरीको मूख्य प्रायोजन तथा जाउलाखेल ग्रुप अफ कम्पनी, नेपाल डिस्टीलरी लगाएत अन्य प्रायोजकहरुको प्रायोजन हुन गइरहे उक्त महोत्सवमा खाना तथा बस्नको लागि विशेष छुटको व्यवस्था समेत हुने रेबानले जानकारी गराएको छ । यसको लागि अग्रिम टिकट प्याकेज खरिद गर्न रेबान केन्द्रीय कार्यालय, झम्सिखेल, दरबारमार्गको ओपीएम रेष्टुरेन्ट, ठमेलको केटु रेष्टुरेन्ट झम्सीखेलको सेभेन सिजन रेष्टुरेन्ट तथा मिठो थकाली र नर्थफिल क्याँफे, महाबौद्धको एनडीज क्याँफे साथै द बेकरी क्याँफेका हरेक आउटलेटमा टिकट खरिदका लागि व्यवस्था मिलाइएको छ।



