अग्‍नि सापकोटा निर्विरोध सभामुख निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित भएका छन् । आजकाे संसद बैठकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।

साे प्रस्तावमा नेकपाकै देव गुरुङ, ओनसरी घर्तीमगर तथा राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए । बैठकको अध्यक्षता गरिरहेका महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको वताए । गएकाे असोज १४ गते कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली थियो । प्रतिनिधिसभाले करिब चार महिनापछि निर्विरोध सभामुख पाएको हो ।सभामुखमा सापकोटाको मात्रै उमेदवारी दर्ता भएको थियो ।

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत …

प्रतिकृया दिनुहॊस

This will auto close after