काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले श्री माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई श्रद्धालु भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन २ सय ५० थान टर्चलाइट हस्तान्तरण गरेको छ ।
बैकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले समितिका महासचिव एलपी श्रेष्ठलाई टर्चलाइट हस्तान्तरण गरे । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य कार्यक्रमहरु गर्दै आएको छ ।
तपाईंको प्रतिकृया




