उपसभामुखले दिइन् राजीनामा

काठमाडौं । उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन् । तुम्बाहाङ्फले नयाँ बानेश्वरस्थित संसद सचिवालयमा राजीनामा बुझाएकी हुन्। साँझ ४ बजेको संसद् बैठकपछि उपसभामुख तुम्बाहाङ्फेले संसद् भवनमै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्ने संसद् सचिवालयले जनाएको छ ।

सत्तारुढ नेकपाले हिजो सभामुख पदका लागि स्थायी कमिटी सदस्य अग्नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तत्कालीन नेकपा एमालेबाट उपसभामुख निर्वाचित डा. शिवमाया तुम्बाहाङ्फेले  आज राजीनामा  दिएकी हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप