‘पद्यमावत’ हिट भएपछि

नायिका दीपिका पादुकोण अभिनित चलचित्र ‘पद्यावत’ले ब्यापारमा नयाँ-नयाँ रेकर्ड कायम गर्दै अघि बढिरहेको छ ।

यो चलचित्रको सफलताबाट सबैभन्दा बढी फाइदा नायिका पादुकोणलाई नै भएको छ । ‘पद्यावत’मा दीपिका प्रमुख भूमिकामा छिन् । ‘पद्यावत’को ब्यापारसँगै नायिका पादुकोणले आफ्नै रेकर्ड ब्रेक गरेकी छिन् ।

यसअघि दीपिकाको सर्वाधिक व्यापार गरेको चलचित्र थियो, ‘चेन्नई एक्सप्रेस’ । ‘पद्यावत’ले ‘चेन्नई एक्सप्रेस’को रेकर्ड तोडेको हो ।‘चेन्नई एक्सप्रेस’ले भारतबाट २ सय २६ करोड कमाई गरेको थियो भने ‘पद्यावत’ले १५ दिनमै भारतबाट २ सय ३६ करोड कमाई गरेको छ । ‘पद्यावत’ बलिउड बक्स अफिसमा १० औ धेरै कमाई गर्ने चलचित्रको सूचीमा परेको छ ।

यो भन्दा अघि ‘बाहुबली-२, दंगल, पीके, टाइगर जिन्दा हे, बजरंगी भाइजान, सुल्तान, धुम ३, कृष र किक’ले राम्रो ब्यापार गरेका थिए ।

राजपुत करणी सेनाको विरोधका कारण चलचित्र तोकिएको मितिमा रिलिज हुन सकेको थिएन । अझै भारतकै केही राज्यमा चलचित्र रिलिज भएको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री