सानिमा बैंक र नेपाल मेडिसिटि हस्पिटलबीच सम्झौता

काठमाडौं । सानिमा बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच विभिन्न सेवा सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा  सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौला र नेपाल मेडिसिटि हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटि अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् ।

साथै, प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ७ प्रतिशतसम्म छुट पाउने छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गणेशमान सिंह हस्पिटल र प्रभु बैंकबिच छुटबारे सम्झौता

काठमाडौं । महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबिच बैंकका …

प्रतिकृया दिनुहॊस