धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित ४७ घर आज हस्तान्तरण गरिँदै

काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती आज हस्तान्तरण गरिँदैछ ।

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर हस्तान्तरण गर्न लागिएको हो ।

गएको असोज ४ गते शिलान्यास गरिएको यो नमूना बस्तीमा सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर समेत बनेका छन् । गएको साउनमा आएको बाढीले गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस–सुन्तलीको पहलमा सुविधा सम्पन्न घर बनाइएको हो ।

एकीकृत नमूना बस्ती अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको फाउण्डेशनका अध्यक्ष  सीताराम कट्टेल धुर्मसले बताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

खाद्य पदार्थमा यात्रुसँग बढी असुले कारबाही

काठमाडौं । यात्राका क्रममा वर्षाका कारण बीच बाटोमा रोकिएका यात्रुलाई खाना, खाजा र पानीलगायतका खाद्यपदार्थमा …

प्रतिकृया दिनुहॊस