नेपालकै पहिलो विस्कुट उत्पादक कम्पनी नेविको प्रा.लि.ले उपभोक्तालाई अङ्ग्रेजी नयाँ वर्षको सुरुवातासँगै नयाँ उत्पादन नेविको स्वादमा बटर र नुनिलो स्वादमा जिरा कुकिज पोखराबाट सुरुवात गरेकाे छ।
उपभोक्ता मञ्च गण्डकी प्रदेशका संयोजक कपिलनाथ कोइरालाले आम उपभोक्तालाई सन्तुष्टी बनाउन नेविकोले गरेको कामको तारिफ गरे । आफ्नो समयमा विस्कुट भनेकै नेविको थियो, ‘स्वादिलो पोशिलो नेविको’ रेडियोको विज्ञापन सम्झदै उपभोक्ताको नजरमा नेविको सधैं आफ्नै रहेको धारणा समेत राखे ।
साे कम्पनीका म्यानेजर प्रकाश कार्कीले स्थापनाको ५५ वर्षमा ५५ थरिका विस्कुट बजारमा ल्याएको वताए । नेविकोले ‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौैं’ भन्ने मनसायले आफ्नो उत्पादन उपभोक्तासम्म ल्याउँदा शुभकामना र धन्यवाद दिएको जानकारी गराए ।
कम्पनीका ब्राण्ड म्यानेजर अरुण पौडेलले बालाजू र भैरहवाबाट उत्पादन भैरहेको बिस्कुटलाई देशैभरि पु¥याउँदै सामाजिक उत्तरदायित्व अन्तर्गत ४० प्रतिशत बजेट छुट्याएर अनाथालय र वृद्धाश्रमलाई सहयोग गरेको वताए ।




