काठमाडौं । गुरुङ समुदायले आज मंगलबार तमुल्होसार मनाउँदैछन् । १५ पुसलाई नयाँ वर्षकाे रुपमा मनाउने गुरुङ समुदायको परम्पराअनुसार आज तमुल्होसार मनाउन लागेकाम हुन् ।
‘तमु ल्होसार’ मा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई नै तमु ल्हाेसार निएको हो । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरेर मुसा वर्षलाई स्वागत गरिने तमुल्होसार मूलआयोजक समितिले जानकारी दिएकाे छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने वताइन्छ । अबदेखि रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको पाइन्छ ।
यसदिन विगतमा सार्वजनिक बिदा दिने गरिएकाे थियाे । तर गत वर्षदेखि कटौती गरिएकामा गुरुङ समुदाय असन्तुष्ट छन् ।
तपाईंको प्रतिकृया



