आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लि. को गण्डकी प्रदेश स्तरीय एजेन्सी अभिकर्ता मिट तथा अवार्ड वितरण कार्यक्रम एक समारोहका वीच कुश्मामा सम्पन्न भएको छ । साे कार्यक्रममा कम्पनीले कम्पनीमा उत्कृष्ट व्यवसाय गर्ने ४८ जना एजेन्सी म्यानेजरलाई सम्मान गरेको हो । कार्यक्रममा पर्वत, वाग्लुङ, म्याग्दी, कास्की, स्याङ्जा, लम्जुङ, तनहुँ दमौली लगायतका शाखाका अभिकर्ताहरु सहभागी भएका थिए ।
उक्त कार्यक्रमका अवसरमा कम्पनिका सहायक महाप्रबन्धक, मार्केटिङ प्रमुख तथा मोटिभेसनल ट्रेनर ऋषिभक्त ढकालको सहजीकरणमा मोटिभेस्नल शेसन संचालन भएकाे थियाे। आई.एम.ई. लार्इफ इन्स्योरेन्सका सहायक महाप्रबन्धक तथा गण्डकी प्रदेश प्रमुख सूर्यप्रसाद घिमिरेको अध्यक्षता, धवलागिरी एरिया प्रमुख शिवप्रसाद शर्माको संचालनका साथै कार्यकारी प्रमुख श्रीचन्द्र भट्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा वेनी नगरपालिकाका उपप्रमुख तथा आई.एम.ई. लाईफ इन्स्योरेन्स कं. लि. का सिनियर एजेन्सी मेनेजर सञ्जु थापा वरुवाल, सिनियर एजेन्सी मेनेजर अधिवक्ता ममता शर्मा, यस प्रदेशमा उत्कृष्ट विमा व्यवसाय गर्ने एजेन्सी मेनेजर सुगम श्रेष्ठ, पोखराका सिनियर एजेन्सी मेनेजर तिलकशाली सापकोटा लगायतले धारणा राखेकाे थिए ।




