बिहीवार लाग्ने सूर्यग्रहणमा कुन राशिलाई शुभ र कुन राशिलाई अशुभ

काठमाडाैँ ।  यही वि.सं. २०७६ पौष १० गते तदनुसार ई.सन २०१९ डिसेम्बर २६ तारिक बिहीवारका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।  नेपाली समय अनुसार विहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनटको हुनेछ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ। ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे किरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ।

पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउँदा र त्यसको छाँयाँ पृथ्वीमा पर्दा सूर्यग्रहरण देखिन्छ। यो सघन छाया र विरल छाया गरी दुई खालको हुन्छ। सघन छाया भएको भागमा पूर्ण सूर्यग्रहण अर्थात खग्रास देखिन्छ।

विरल छाया परेको भागमा आंशिक सूर्यग्रहण अर्थात खण्डग्रास देखिन्छ। सूर्यग्रहणलाई नांगो आँखाले हेर्न नहुने विज्ञहरुले बताएका छन्। विज्ञका अनुसार नांगो आँखाले हेर्दा आँखाको दृष्टि पनि गुम्न सक्छ।

कुन राशिलाई शुभ

कर्कट राशि – सौख्य

तुला राशि –  श्रीप्राप्ति

कुम्भ राशि – लाभ

मीन राशि – सुख प्राप्ति

कुन राशिलाई अशुभ

मेष राशि -माननाश

वृष राशि- कष्ट

मिथुन राशि-  स्त्रीपीडा

सिंह राशि- चिन्ता

कन्या राशि -व्यय

वृश्चिक राशि -क्षति

धनु राशि-  घात

मकर राशि-  व्यय

शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न  नहुने बताइएको छ ।  कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिन्छ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री