काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडकोउन्नाईसौं वार्षिक साधारण सभा मिति २०७६ पौष १ गते कम्पनीका अध्यक्ष श्री अखिलेश्वर प्रसाद सिंहको सभापतित्वमा सम्पन्न सभाले स्विकृत गरेको नगद लाभांस ५२.६३ प्रतिशत र ५० प्रतिशत वोनस शेयर गरीआ.व. २०७५।०७६ को कुल लाभांस १०२.६३ प्रतिशत घोषणा गर्न पाएकोमा हामी गौरवान्वीत भएका छौं ।
यसै गरी संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई अन्तरिम लाभांसको रुपमाप्रति शेयर रु.६८.४२ वितरण गरेको समेत गरी आ.व.२०७५।०७६ मा जम्मा १७१.०५ प्रतिशत लाभांश घोषणा गर्ने वहुराष्ट्रिय कम्पनी वाहेक नेपालमा सुचिकृत कम्पनी मध्ये हामी उत्कृष्ट भएका छौं ।
१९ वर्ष अगाडि स्थापना भएकोउच्च स्तरको प्रविधि जडितहिमालयन डिष्टिलरी लिमिटेडमा ५० वर्षको व्लेण्डिङ्ग दक्षतामापारिवारिक विरासत कायम रहेको छ । यसको लोकप्रिय उत्पादन गोल्डेन ओक हो, जुन उच्च गुणस्तरको रहेको रनेपालमा १० लाख कार्टुनभन्दा वढि प्रति वर्ष विक्री हुने केवल यहिएक मात्र व्राण्ड हो ।
हिमालयन डिष्टिलरी लिमिटेडले कारखानामा प्रत्यक्ष रुपमा ३०० भन्दा वढिलाई रोजगारी प्रदान गरिरहेको छ । कारखानामा उर्जासह–उत्पादन हुने प्रविधि जडान हुनका साथ साथै उच्च स्तरीय प्रदुषण नियन्त्रण प्रणाली(Effluent Treatment Plant) समेत जडान गरिएको छ ।
हिमालयन डिष्टिलरी लिमिटेडले आ.व. २०७५।०७६ मा अघिल्लो वर्षको तुलनामा२३ प्रतिशतको वृद्धि सहित रु.६ अरव ४४ करोड ११ लाखको संचालन आम्दानी हासिल गरेको छ । त्यस्तै अघिल्लो वर्षको तुलनामा ८२.६५ प्रतिशतको वृद्धि सहित रु.५३ करोड ७० लाखको खुद मुनाफा आर्जन गरेको छ । विगत ५वर्षमा कम्पनीकोसंचालन आम्दानी र खुद मुनाफाको वार्षिक औसत वृद्धिदर (CAGR ) क्रमशः १५.८७ प्रतिशत र ४५.९० प्रतिशत रहेको छ ।
यस कम्पनीलाई व्यवस्थापन गर्ने जावलाखेल गु्रप अफ ईण्डष्ट्रिज प्रा.लि.का गु्रप कार्यकारी निर्देशक शसिन जोशीले यसको श्रेय हामीले अवलम्वन गरेका नविनतम प्रविधिको प्रयोग, उत्पादकत्व वृद्धि,सक्षम लागत÷खर्च व्यवस्थापनतथारणनीतिक वजार विस्तार आदिलाई दिएका छन् ।
हिमालयन डिष्टिलरी लिमिटेडनेपाल सरकारलाई उच्चतम् राजश्व योगदान गर्ने उत्पादन मूलक उद्योग मध्ये एक भएको व्यहोरा जोशीले वताउनु भयो । जस अनुसार यस उद्योगले गत आ.व.मा अन्तः शुल्क, मूल्य अभिबृद्धि कर, आयकर, भंसार शुल्क र पारिश्रमिक कर समेत गरी रु.४ अरव ३८ करोड ८० लाख राजश्व दाखेला गरेको छ ।



