काठमाडौं । प्रभु बैंकले सर्लाहीको बरहथवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले गरे ।नयाँ शाखासहित बैंकको शाखा संख्या २०० पुगेको छ ।
यस बरहथवा शाखा कार्यालयबाट स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास हुने बैंकले विश्वास लिएको छ ।
तपाईंको प्रतिकृया




